मुल्य घटाईएको शिवम सिमेन्टको आईपिओ फागुन ६ देखि, स्थानीयलाई निशुल्क थप शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 12:21:12 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले फागुन ६ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको छ  ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन गर्न सक्ने छन्। 

सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम ४४ लाख कित्ताको लागि आवेदन गर्न सक्ने छन् । आवेदन दिनको छिटोमा फागुन ९ र ढिलोमा चैत्र ५ गतेसम्मको मिति तोकिएको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

कम्पनीले सर्वसाधारणलाई १ सय रुपियाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपियाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि सर्वसाधारणलाई ४ सय र स्थानीयलाई ३ सयमा शेयर जारी गर्नको लागि नेपाल धितोबोर्डबाट स्वीकृति लिएको थियो । 

कम्पनीले स्थानीयहरुलाई यस अघि नै प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा २ लाख २ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो । यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ । 

स्थानीयको लागि छुट्याइएको शेयर मध्ये बाँकि रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि स्थानीयले पुन आवेदन दिन सक्ने भएका छन् । यस पटक उनीहरुले प्रति कित्ता २ सय मै आवेदन दिन सक्ने छन् । यस अघि स्थानीयको रुपमा आवेदन दिएका र नदिएकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्युनतम ५० कित्ता र अधिकतम  ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिन सक्ने छन्।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved