नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 11:12:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स Nepal Insurance Company Limited ले फागुन २१ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले  हाल कायम चुक्ता पुंजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबधक रहेको छ । लगानीकर्ताले चैत्र २५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद प्रयोजनको लागि कम्पनीले माघ २७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले माघ १३ गते हकप्रद निष्काशन अनुमति दिएको हो। 

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब नाघ्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved