फेरी बल्झियो प्यान प्रकरण, सहजीकरण गरीदीन ब्रोकरलाई नेप्सेको पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 02:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पूंजीबजारमा पुन: स्थायी लेखा नम्बर प्यानको बिषय उठेको छ । नेपाल स्टक एक्चेन्ज नेप्सेले सम्पूर्ण ब्रोकरहरुलाई प्यानको लागि सहजीकरण डेस्क स्थापना गर्नको पत्र काटेपछि यो बिषय पुन उठेको हो । 

नेप्सेले सबै बोकरहरुलाई आफ्नो कार्यालयमा स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्क राख्न निर्देशन दिएको छ । साथै त्यसको लागि छुट्टै कर्मचारी समेत तोक्न नेप्सेले निर्दशन दिएको छ । लगानीकर्ताहरुले प्यान नम्बर लिन चाहेमा ब्रोकर कार्यालयमा रहने त्यस हेल्प डेस्कले आन्तरिक राजश्व कार्यालयले तोकेको प्रक्रिया अनुसार प्यान दर्ताको लागे सहजीकरण गर्नु पर्ने नेप्सेले जनाएको छ । नेप्सेले यस्तो ब्यबस्था यथा सक्दो चाडो गर्न सम्पूर्ण ब्रोकरहरुलाई निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्डले यस अघि नै बैशाख १ गते देखि अनिवार्य रुपमा प्यान लागु गर्ने गरी आवश्यक तयारी गर्न नेप्सेलाई निर्देशन दिएको थियो । नेप्सेले सोहि अनुसारको तयारी गरेको थियो । तर लगानीकर्ताको बिरोधपछि नेप्सेले थप आवश्यक अध्ययन र तयारी पुरा गरी मात्र प्यान लागु गर्ने जनाएको थियो । 

तर अहिले पुन नेप्सेले ब्रोकरहरुलाई हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको हो ।  

हेर्नुस नेप्सेले ब्रोकरलाई पतःएको पत्र ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved