‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम सार्बजनिक हुदै, सर्वसाधारणलाई खर्ब बढीको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 09:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम सार्बजनिक गर्दै छन् । यस कार्यक्रम मार्फत नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ ।उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको यस कार्यक्रमको नारा ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने रहेको छ  

यस अन्तर्गत  साना–ठूला गरी १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणलाई सेयर लगानीको अवसर प्रदान गरिने मन्त्रालयले जनाएको छ । यी १९ वटा जलविद्युत आयोजनाको कूल क्षमता ३ हजार ४ सय ७९ सय मेगावट छ । जस अनुसार अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (५०० मेगावाट), फुकोट कर्णाली (५०० मेगावाट) अरुण–४ (४०० मेगावाट), तल्लो अरुण (४०० मेगावाट), तामाकोशी (१०१ मेगावाट) लगायतका १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणले सेयर लगानी गर्न पाउने छन् ।

आयोजनामा ५१ प्रतिशत लगानीको सरकारको हुने र ३९ प्रतिशत देशभरका नागरिक र १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याइने उर्जा सचिव दिनेश घिमिरेले बताएका छन्।  सबै आयोजनामा गरी सर्वसाधारणले १ खर्ब २ अर्ब २८ करोड बराबरको सेयर लगानी गर्न सक्ने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ। जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले तयार पारेको अवधारणापत्रअनुसार, सबै आयोजनाको कुल लागत ६ खर्ब ९५ अर्ब ८० करोडमध्ये स्वँपुजी (इक्विटी) २ खर्ब ८ अर्ब ७४ करोडमध्ये  ५१ प्रतिशत सरकारी संस्थान वा कम्पनीबाट र ४९ प्रतिशत सर्वसाधारणबाट लगानी जुटाउने लक्ष्य छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved