धितोपत्र नियमावलीमा ९ बिशेष व्यवस्था, सर्वसाधारणले खरिद नगरेको शेयर संस्थापक र सरकारलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 07:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको उद्घाटन गरेका छन। यस कार्यक्रम मार्फत नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ ।उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको यस कार्यक्रमको नारा ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने रहेको छ  कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३५ दिनपछि अर्थात् चैत्र ७ गतेदेखि शेयर खुल्ने र पहिलो शेयर आफुले हाल्ने प्रतिबद्धता व्यक्त गरे ।  

यस अन्तर्गत  साना–ठूला गरी १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणलाई सेयर लगानीको अवसर प्रदान गरिने मन्त्रालयले जनाएको छ । यी १९ वटा जलविद्युत आयोजनाको कूल क्षमता ३ हजार ४ सय ७९ सय मेगावट छ । जस अनुसार अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (५०० मेगावाट), फुकोट कर्णाली (५०० मेगावाट) अरुण–४ (४०० मेगावाट), तल्लो अरुण (४०० मेगावाट), तामाकोशी (१०१ मेगावाट) लगायतका १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणले सेयर लगानी गर्न पाउने छन् ।

आयोजनामा ५१ प्रतिशत लगानीको सरकारको हुने र ३९ प्रतिशत देशभरका नागरिक र १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याइने उर्जा सचिव दिनेश घिमिरेले बताएका छन्।  सबै आयोजनामा गरी सर्वसाधारणले १ खर्ब २ अर्ब २८ करोड बराबरको सेयर लगानी गर्न सक्ने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ। जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले तयार पारेको अवधारणापत्रअनुसार, सबै आयोजनाको कुल लागत ६ खर्ब ९५ अर्ब ८० करोडमध्ये स्वँपुजी (इक्विटी) २ खर्ब ८ अर्ब ७४ करोडमध्ये  ५१ प्रतिशत सरकारी संस्थान वा कम्पनीबाट र ४९ प्रतिशत सर्वसाधारणबाट लगानी जुटाउने लक्ष्य छ । 

अहिले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक पर्ने कुल रकमको १० प्रतिशत मात्र तिरे हुने उर्जा सचिव घिमिरेले बताएका छन्  । आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने कार्ययोजनामा उल्लेख छ  ।  हरेक योजनाको छुट्टा छुट्टै शेयर खुल्ने र शेयरमा आवेदन दिन डिम्याट खाता अनिवार्य रहेको छ  । यस कार्यक्रमको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन गरि केहि बिशेष ब्यबस्था गरिएको सचिव घिमिरेले बताए  । 

 संशोधित ब्यबस्था अनुसार जलविद्युत कम्पनीले शेयर निष्काशन गर्दा त्यसको शेयर खरिद गर्न चाहने आवेदकले आवेदन साथ शेयरको चुक्ता मूल्य १० प्रतिशत रकम दाखिला गरी आवेदन माग गर्न सक्ने, कम्पनीले बाडेको प्रतिफल शेयरको चुक्ता हुन् बाँकि रहेको मूल्यमा मिलान गर्न सकिने, बिक्रि नभएको शेयर संस्थापक र नेपाल सरकारको नाममा हुने लगायत रहेका छन्  । यी ब्यबस्था  ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको लागि मात्र लागु हुनेछ 

 हेर्नुस के के छन् ९ बिशेष ब्यबस्था ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved