शिवम सिमेन्टको आइपीओ: चुनौतीपछिको सफल परीक्षण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2019 | 03:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले आगामी फाल्गुन ६ गतेबाट स्थानीय र सर्वसाधारणको लागि एकै दिनबाट साधारण शेयरमा आवेदन माग गरेको छ | कम्पनीको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत तालिकामा उल्लेख गरिएको छ |

जारी पूँजी

४ अर्व ४० करोड

जारी हुने कित्ता

५२ लाख ८० हजार

आमसर्वसाधारण

४४ लाख (१०%)  

स्थानीय

८ लाख ८० हजार (२%)

मूल्य (स्थानीय)

अंकित मुल्यमा १ सय थप गरि २ सय

मूल्य (आमसर्वसाधारण)

अंकित मुल्यमा २ सय थप गरि ३ सय

सामुहिक कोष र कर्मचारीलाई आरक्षित

४ लाख ४० हजार

कर्मचारी तथा सामुहिक कोषले लिएको

६० हजार कित्ता

कर्मचारी तथा सामुहिक कोषले नलिएको

३ लाख ८० हजार

कर्मचारी र सामुहिक कोषले नलिएर बाँकी रहको सहित जारी हुने जम्मा कित्ता

४३ लाख ४० हजार

अधिकतम आवेदन गर्न सकिने कित्ता (स्थानीय)

५ लाख ७९ हजार ६ सय ४०

न्यूनतम (दुबै समुह)

५० कित्ता

आवेदन गर्न सकिने अधिकतम (आमसर्वसाधारण)

४४ लाख कित्ता (सबै)

आवेदन खुल्ने मिति

२०७५ फाल्गुन ६ गते

आवेदन दिने अन्तिम मिति

छिटोमा फागुन ९ र ढिलोमा चैत्र ५


असफल बनेको सफल परीक्षण 

शिवम सिमेन्टले गत साउनमा स्थानीयतर्फ जारी गरेको शेयर पूर्णरुपमा नबिकेपछि आमसर्वसाधारण तर्फको शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाएको थिएन | अगाडी किन बढाएन यस बारेमा आधिकारिकरुपमा केहि जानकारी नगराए पनि तोकिएको मूल्य ‘अधिक’ रहेको भन्ने अनौपचारिकरुपमा बाहिर आएको थियो | धितोपत्र कानुन अनुसार प्रिमियम मूल्यमा जारी हुने यस्ता वित्तीय उपकरणको ‘शतप्रतिशत प्रत्याभूत’ गराउनुपर्ने व्यवस्था अनुसार एनआइविएल एस क्यापिटलले प्रत्याभूत गरेको थियो | 

नेपाल बैंकको प्रिमियम मुल्यमा जारी भएको एफपिओ नबिकेपछी नबिकेको शेयर प्रत्याभूतकर्ता आफुले नसकारी ‘अर्को बजार’ सिर्जना गर्ने दुस्प्रयास गरेका थिए | खुला आवेदन माग गरिएको बेला सम्भावित ग्राहकलाई आवेदन गर्न नदिएर रोक्दै आफुले त्यो भन्दा कम मूल्यमा शेयर दिने ‘अवैध करार’ गरेका थिए |यस्तो तरकिव पहिले वुटवल पावर कम्पनीले जारी गरेको एफपिओमा धितोपत्र वोर्डको मौन सहमतिमा सफल परीक्षण भईसकेको थियो | यसैलाई ‘नजिर’ मान्दै ‘प्रत्याभूतको सैद्धान्तिक पक्ष’ लाई नजरअन्दाज गर्न सकिने आधारमा ‘एनआइविएल एस क्यापिटल’ ले शिवमको शतप्रतिशत शेयर आफुले मात्र प्रत्याभूत गरेको थियो | तर नेपाल बैंकसम्म आइपुग्दा वुटवल पावरमा गरिएको ‘सफल परीक्षण’ भुत्ते भएको हुँदा शिवममा अवलम्बन गर्न सकिने सम्भावना सक्किसकेको थियो | 

शिवमको प्रत्याभूतकर्ता एनआइविएलले धितोपत्र वोर्डलाई एक पत्र लेख्दै ‘....प्रत्याभूति गरिएको शेयर खरिद (सकार) गर्नुपर्ने अवस्था आएमा सिधै यस कम्पनीको मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने शर्तमा सम्झौता गरेको र सो सम्बन्धि कागजात वोर्डमा पेश गरेको’ उल्लेख गरेको छ | त्यस्तै ‘नेपाल बैंकसंगको प्रत्याभूति सम्बन्धमा प्रत्याभूतिको मर्म अनुसार सम्बन्धित प्रत्याभूतिकर्ताहरुले खरिद (सकार) गरेर मात्र बिक्रि गर्नुपर्ने भन्ने वोर्डको बिभिन्न मितिको पत्र अनुसार सो मुताविक शिवम सिमेन्टको हकमा यस कम्पनीले मात्र प्रत्याभूति गर्न नियमानुसार नसकिने तथा खरिद गर्नुपरेको अवस्थामा समेत यस कम्पनीले मात्र खरिद गर्न नसकिने हुनाले प्रत्याभूति सम्बन्धि सम्झौता निर्क्यौल गरिदिनु हुन अनुरोध’ गर्दै पत्राचार गरेको थियो |

अख्तियारको दुरुपयोग 

शिवमलाई आइपिओमा जान स्वीकृत दिएपछि वक्तव्यको‘कर्णाल’ बजाएको धितोपत्र वोर्डले स्थानीय शेयर बिक्री नहुनु र त्यसपछि आमसर्वसाधारणको शेयर जारी नहुनुले त्यो ‘कर्णाल’ को आवाज र प्रत्याभूतकर्ताले प्रत्याभूत गर्न नसक्ने भन्दै गरेको पत्राचारले गिज्याएको छ | वोर्ड आफैले उतिबेला सहि मूल्य भनेर दिएको अनुमति अहिले मूल्य घटाउँदै अर्को अनुमति दिनु र प्रत्याभूतकर्तालाई कुनै कारवाही गर्न नसक्नु वा नसिहत समेत नदिनुले ‘वोर्ड’ चलाउने ‘शिवम हो कि ‘एनआइविएल’ हो प्रश्न पनि उठेको छ | वोर्डले समेत प्रत्याभूतको मर्म विपरित किन र के आधारमा एनआइविएलले पेश गरेको ‘सकार गर्नुपरेको अवस्थामा म लिन सक्दिन मेरो माउ कम्पनीलाई सिधै देउ’ भन्ने अवैध र गैरकानुनी शर्त बन्देज सहितको प्रत्याभूत सम्बन्धि करार स्वीकार गरेर अख्तियारको समेत दुरुपयोग गरेको छ | यस सम्बन्धमा अख्तियारले छानविन गर्न आवश्यक देखिएको छ | 

सामुहिक कोष र कर्मचारीले लिएनन 

सामुहिक कोषका लागि छुट्टयाइएको ४ लाख ४९ हजार कित्ता शेयर मध्ये जम्मा ६० हजार कित्ता मात्र बिकेको छ | कर्मचारीले समेत नलिएको हो कि भन्नेसम्मको स्थिति देखिएको छ | तर कम्पनीका प्रमुख वित्त अधिकृत ज्योति जंग थापाले कर्मचारीहरुलाई निष्काशन नभएको र हुने क्रममा रहेको बताएका छन | 

सामुहिक कोषले समेत नलिनुमा यसको अन्तरनिहित भित्रि पाटो भयानक हुनसक्ने अनुमान गर्न सकिन्छ | परम्परागत लेखाप्रणालीमा हिसाब राखिएको हुँदा यसको लेखाप्रणालीमा विश्वस्त हुन नसकेका कारण कोषले नलिएको हुनसक्ने अनुमान गर्न सकिन्छ | आरक्षणमा तोकिएको कित्ता मध्ये अत्यन्त कम मात्र बिक्री भएको हिसाब हेर्दा बिक्रि प्रवन्धक सिद्धार्थ क्यापिटल आफैँ योजना व्यवस्थापक रहेको दुईवटा म्युचुअल फण्डले मात्र लिएका हुन कि भन्ने अनुमान गर्न सकिन्छ | यसको सत्य तथ्य विवरण म्युचुअल फण्डले प्रकाशित गर्ने मासिक विवरणमा देखिने नै छ | 

शिबम सिमेन्टको विवरणपत्रमा देखिएको त्रुटी सहितका बिषय समाबेश गरि यस लेखको बाँकी अंश भाग-२ मा प्रकाशन हुनेछ-सम्पादकीय  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved