युनिभर्सल पावरको आईपिओमा झन्डै माग बराबरको आबेदन, कहिलेसम्म किन्न पाइन्छ आइपीओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 10:48:00 PM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा करिब माग बराबरको आबेदन परेको छ। निष्काशनको सातौँ दिनमा युनिभर्सलको आइपीओमा करिब ९९ प्रतिशत आबेदन परेको हो। 

सेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलकाअनुसार युनिभर्सलको आइपीओमा फागुन ३ गतेसम्म ९७ हजार २२३ आबेदकबाट ८५ लाख ५२ हजार ४३० कित्ताको लागि आबेदन परेको छ। सर्वसाधारणका लागि मात्रै भनेर युनिभर्सलले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता छुट्याएको छ। 

कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । 

यो पनि: युनीभर्सल पावरको आइपीओ विश्लेषण: लाभांश अर्कोबर्षको कमाईबाट, यस्तो हुनेछ सुरुवाती सेयरमुल्य ? (रिपोर्ट )

अब करिब डेढ प्रतिशत भन्दा कम शेयर बिक्रि हुन बाँकी भएकाले  फागुन ५ गते आइतबार पनि शेयर भर्न सकिने बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए। पुरै शेयर बिक्रि नभएसम्म आवेदन दिन सकिने र पुरै शेयर बिक्रि भएको भोली पल्ट मात्र आवेदन दिने अन्तिम दिन कायम हुने उनले जानकारी दिए। 


कम्पनीले यस अघि नै ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । पुरै शेयर बिक्रि नभएको खण्डमा सो मितिसम्म शेयर निष्काशन खुला राख्न सकिने प्रावधान छ। त्यस मितिसम्म पनि पुरै शेयर बिक्रि नभएमा अन्डरराईटरहरु शेयर खरिद गर्नु पर्ने छ।  

आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved