बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




मोहम्मद अज्मत अलि/बिजपाटी     Feb 17, 2019 | 04:01:49 PM



शिवम सिमेन्टले फाल्गुन ६ गते सोमबारबाट आईपिओ निष्काशन गर्दै छ  | कम्पनीले स्थानीय र सर्वसाधारणको लागि एकै दिनबाट साधारण शेयरमा आवेदन माग गरेको हो |  बिजपाटी डटकमले यस अघि शिबम सिमेन्टको अख्तियारको दुरुपयोग, सामुहिक कोष र कर्मचारीले शेयर नलिएको लगायतका विविध बिषय समाबेश गरि शिवम सिमेन्टको आइपीओ: असफल बनेको सफल परीक्षण शिर्षकमा पहिलो लेख तयार पारेको थियो  प्रस्तुत छ सोहि लेखको दोस्रो तथा अन्तिम अंक    

लाभांश वृद्धि लगानीकर्तालाई आकर्षण 

गत श्रावणमा जारी गरिने भनिएको बेला कम्पनीले आव २०७४/७५ मा १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो तर अहिले आएर विवरणपत्रमा संशोधन गर्दै १५ प्रतिशत पुगेको छ | गत असारमा विवरणपत्र स्वीकृत गर्ने बेलामा कम्पनीको आय-व्यय करिब-करिब थाहा हुने नै हुन्छ र सोहि बमोजिम १० प्रतिशतको नाफा बाँड्ने प्रक्षेपण गरिएको हो | तर संशोधन गर्दा ५० प्रतिशत नाफाको अंश बढ्ने प्रक्षेपण कुन समयलाइ आधार लिइयो त्यसमा भने कम्पनीको विवरणमा कहीं कतै उल्लेख छैन| 

स्वार्थको कुरा 

व्यापारमा स्वार्थको ठुलो महत्व हुन्छ | शिवममा पनि त्यो कुरा लागु हुन्छ | माथि नै उल्लेख गरियो शिवमले शिवम होल्डिंग मार्फत होंशिमा लगानी गर्दैछ र होंशी पनि सिमेन्ट उत्पादक कम्पनी हो | शिवमको विवरणपत्रमा ‘दुवै कम्पनीको उद्देश्य मिल्दोजुल्दो भए पनि शिवमले आफ्ना उत्पादनको बजार विस्तार गरी उद्योगबाट पूर्ण क्षमतामा विगत वर्षदेखि नै शिवम् ब्राण्डको ओपीसी सिमेण्ट मात्र उत्पादन तथा विक्री गरिआएको र अत्यधिक उपभोक्ताको रोजाइको ब्राण्ड बनेकाले नयाँ आउने उद्योगले यसको बजार अंश लिन नसक्ने हुँदा स्वार्थ बाझिने सम्भावना अत्यन्त न्यून रहेको छ’ भनेर उल्लेख गरेको छ | 

विवरणपत्रमा ‘होंग्शीको सञ्चालक समितिमा शिवम् सिमेण्टबाट नियुक्त २ जना प्रतिनिधिहरू नै रहेको र रहने हुँदा दुवै उद्योगलाई समन्वय गरी सञ्चालन हुनेछ’ भनिएको छ । त्यस्तै ‘शिवम् होल्डिङ्स प्रालि मार्फत लगानी रहेकाले होंग्शीबाट आर्जन हुने मुनाफा शिवमले समेत प्राप्त गर्ने हुँदा स्वार्थ बाझिने अवस्था नरहेको भनिएको छ’ तर यी दुई व्यवस्थाले कसरी स्वार्थ बाझिन्न भन्ने तथ्यगत कुरा कहीँ भेटिन्न । 

कानूनको अनुपालना

कानुनको अनुपालनामा पनि कम्पनी अत्यन्त कम्जोर देखिन्छ | पब्लिक कम्पनीमा दर्ता भए पनि पारिवारिक वर्चस्व नै हुनसक्ने सम्भावना बढी छ | कम्पनीले वार्षिक प्रतिवेदन समेत तयार गरेको पाइएको छैन | कम्पनी ऐनका अनुपालनाको कुरा समेत पालना नगरेको कम्पनीले अब धितोपत्र कानुनका थप प्रावधान समेत अनुपालना गर्नुपर्नेछ | 

लगानी निर्णय 

प्रकाशित विवरण अनुसार निकट भविष्यमा नै कम्पनीले १५ प्रतिशत नगद लाभांशसहित (आइपिओ बाँडफाँड पश्चात लगत्तै) साधारणसभा आव्हान गर्नेछ | यस हिसाबले रु. ३ सयमा लगानी गर्नेलाई वार्षिक ५ प्रतिशत र २ सयमा लगानी गर्नेलाई ७.५ प्रतिशत लाभ प्राप्त हुने देखिन्छ | त्यस्तै आव २०७५/७६ मा पनि यति नै लाभ प्राप्त हुने देखिन्छ भने आव २०७६/७७ देखि २० प्रतिशत लाभ दिने प्रक्षेपण गरेको छ | आव ७४/७५ मा १५ प्रतिशत लाभको लगभग सुनिश्चित छ | 

विवरणपत्रमा त्रुटी 

विवरणपत्र नै लगानीको आधार हो तर विवरणपत्रमा यस्ता त्रुटी देखिनुले कसरी विवरणपत्रलाई विश्वास गर्न सकिएला ?  शिवमले वार्षिक प्रतिवेदन समेत तयार नगरेको, नगद प्रवाह विवरण के छ थाहा हुन सकेको छैन | यसमा बोर्डले पनि केहि हेर्न सकेको देखिन्न | ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने हाजमोलाको विज्ञापन जस्तो बिक्रि प्रवन्धकले जे लिएर आउँछ जस्ताको तस्तै वोर्डले स्वीकृति दिएको देखिन्छ | 

यद्दपी शिवमका प्रमुख वित्त अधिकृत ज्योति जंग थापाले विवरणपत्रमा ०७४/७५ हुनुपर्नेमा अन्यथा भएकाले यस्तो देखिएको बताएका छन| नियतबस भएको त्रुटी नभई मानबिय त्रुटी भएको उनको दाबी छ|  

शिवम र संयोग  

शिवम अर्थात भगवान शिव | कम्पनीले गत श्रावणमा शेयर जारी गर्दा पनि भगवान शिवकै महिमायुक्त महिना परेको थियो | अहिले जारी गर्ने बेला पनि शिव कै महिमायुक्त श्री स्वस्थानी व्रतकथा र शिवरात्रीको समय नजिक परेको छ | यस हिसाबले शिवमको शेयरमा शिवको संयोग गजब परेको छ | गाँजा भाङ भगवान शिवको प्रिय वस्तु भएको हुँदा शिवमको शेयर पनि गाँजा भांग जस्तै प्रिय प्रसाद बन्ला कि नबन्ला समयले बताउनेछ | 

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali









Close in 7