पाँचथर पावरको आईपिओ बाँडफाँड, १८ प्रतिशत मात्रै बिक्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 12:01:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफांड गरेको छ ।  कम्पनीले पुस ३० गतेदेखि पहिलो चरणमा आयोजना प्रभाववित स्थानीयहरुको लागि ९ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये १८.१६ प्रतिशत मात्रै अर्थात एक लाख ७४ हजार ७५० कित्ता शेयरको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । माग गरिए भन्दा कम आवेदन परेकोले सबै आवेदकलाई माग गरे अनुसार कै शेयर वितरण गरिएको क्यापिटलले जनाएको छ । 

अब कम्पनीले स्थानीयले नकिनेको शेयर थप गरेर दोस्रो चरणमा सर्वसाधारणलाई १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ । हाल कम्पनीको  चुक्तापूँजी ७६ करोड रुपैयाँ रहेकोमा आइपिओ जारी गरेपछि कम्पनीको पूँजी  ९५  करोड पुग्नेछ ।  कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved