ग्रामिण विकास लघुवित्तले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको माग गर्दै माघ २९ गते नाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५० प्रतिशतको दरले ३२ करोड ७५ लाख बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बोर्डले अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ। यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ ।
यो पनि: