शिव श्री हाईड्रोको आईपिओ बाँडफांड, ११ लाख कित्ता बढी बिक्रि भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 10:47:24 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्रि गरेको शेयर बाँडफांड गरेको छ ।  कम्पनीले पहिलो चरणमा पुस २७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिएका थिए ।

कम्पनीको आईपिओमा ३ लाख ३९ हजार ८ सय ६० कित्ताको लागि मात्र आवेदन परेको र सबै आवेदकलाई माग अनुसार कै शेयर बाँडफांड गरीएको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ । कम्पनीले स्थानीयलाई छुट्याएको मध्ये २३ प्रतिशत शेयर मात्र बिक्रि भएको हो। अब कम्पनीले बिक्रि नभएको ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३१ लाख ६० हजार १ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved