दबाब समुहलाई सीइओ साउदको जवाफ 'नेप्सेको ढोकामा अनसन बस्नुको अर्थ छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 05:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका चन्द्रसिंह साउदले नेप्सेको ढोकामा अनसन बस्नुको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा साउदले नेप्से नीति कार्यन्वयन गर्ने संस्था भएकाले नेप्सेको ढोकामा बस्ने अनसनले केहि फरक नपर्ने बताएका हुन् ।  केहि समय अगाडी नेप्सेको ढोका अगाडी अनसन बसेका लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल पनि सोहि बैठकमा लगानीकर्ताको तर्फबाट सहभागी थिए  । 

त्यस्तै उनले अनलाइन ट्रेडिङमा कुनै समस्या नरहेको पनि दाबी गरे । पछिल्लो ८१ दिनमा २६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको र त्यसमध्ये १२ प्रतिशत अनलाइनबाट कारोबार भएको उनले जानकारी दिए । अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या २८ सय १५ रहेको र यी मध्ये काठमाडौं उपत्यकाभन्दा बाहिरका धेरै रहेको उनले दाबी गरे । 

अनलाइन कारोबार प्रभावकारी भएन भनेर हल्ला गर्नेलाई उनले अनलाईन प्रयोग गर्न आग्रह गरे । उनले भने 'अनलाइन नयाँ प्रविधि हो, यसमा थप सुधारको आवश्यक छ । त्यसका लागि ४ जना कर्मचारी अनलाइनको समस्या सुन्न खटिएका छन् ।' साथै उनले आफूले प्रयोग गरेर अनलाईनमा देखिएको समस्या जानकारी गराउन समेत आग्रह ।

बैठकमा उनले समयमै सूचना नदिने ४० भन्दा बढी कम्पनीलाई कारबाही गरिएको समेत जानकारी दिए ।मार्केट डिलरको ब्यबस्था गर्न र बैंकलाई लाईसेन्स दिन पनि नेप्से तयार रहेको र यसको लागि प्रक्रिया अगाडी बढेको उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved