बैंकलाई ब्रोकर लाईसेन्स दिदैमा डराउनु पर्दैन: धितोपत्र बोर्ड अध्यक्ष कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 05:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बैंकहरु ब्रोकर लाइसेन्स दिने बिषयसंग नडराउन ब्रोकरहरुलाई आग्रह गरेका छन् ।  बैंकलाई सहायक कम्पनी खोलेर सेयर कारोबार गर्न दिने व्यवस्था गरिन लागेको जानकारी अर्थ समिति बैठकमा दिदै उनले उनले यस बाट नडराउन ब्रोकरहरुलाई आग्रह गरेका हुन् । २०६४ सातमा २३ वटा ब्रोकरको संख्यालाई बढाएर ५० पुर्याउँदा पनि ब्रोकर डराएको उनले स्मरण गराए । उनले भने ‘आफ्नो क्षेत्रमा प्रतिस्पर्धा कसैले मन पराउँदैन । अहिले पनि पुराना ब्रोकर नभई नयाँ डराएका हुन् ।' 

उनले ब्रोकरहरुले माथिल्लो निकाय मार्फत आफुलाई बैंकलाई ब्रोकर लाइसेन्स नदिनको लागि दबाब दिएको समेत बताए । बैंकले ब्रोकर लाइसेन्स दिंदा  प्रतिस्पर्धा बढ्ने र यसले पुँजी बजारलाई अझ विस्तार गर्न सहयोग पुग्ने उनले बताए ।  अहिले रहेकै ब्रोकरले आफु देशभर जान तयार रहेको बताएको प्रसङ्ग झिक्दै उनले दुई करोडको पुँजी भएको ब्रोकर कसरी ७७ जिल्ला जान सक्छ भनी प्रश्न गरे। 

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा  २८ वटा ब्रोकर थपिने मात्र भएको र ७५३ स्थानीय तहमै सेयर कारोबार गर्न पाइन्छ भनेर गरिएको प्रचारबाजी गलत भएको उनले प्रष्ट पारे । बैंकलाई ब्रोकर लाईसेन्स दिंदा इन्साइडर ट्रेडिङ हुने ब्रोकर संघको चिन्तामा अध्यक्ष कार्कीले इन्साइडर ट्रेडिङबारे धितोपत्र बोर्डले अध्ययन गरेर कार्यविधि तयार पारेको र आउने हप्तासम्ममा सार्वजानिक गर्ने बताए । साथै प्यानको बिषयमा आगामी हप्ता राजश्व विभागसंग छलफल गर्ने समेत उनले जानकारी दिए  ।

ब्रोकर संघले श्रीलंका गएर अध्ययन गरी ब्रोकर नबढाउन सुझाव दिएको बारे अध्यक्ष कार्कीले अलि राम्रो देशमा गएर अध्ययन गर्न सुझाव दिए । साथै उनले सरकारले लगानीकर्ताका लागि उपयुक्त वातावरण बनाइहेको भन्दै लगानी गर्न आग्रह गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved