युनिभर्सलको आईपिओमा ९२ करोड बढीको आवेदन, सबैले माग अनुसारको शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 11:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा ९२ करोड बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा १ लाख ५ हजार १ सय ६५ आवेदक बाट ९२ लाख ४६ हजार ९० कित्ताको लागि लागि आवेदन परेको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यी मध्ये कुल १४७ जनाले १३ हजार कित्ताको लागि दिएको आवेदन भेरीफाई हुन् बाँकि रहेका छन् ।

 कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । सर्वसाधारणका लागि मात्रै भनेर युनिभर्सलले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता छुट्याएको थियो । यस अनुसार शेयरमा माग भन्दा बढी आवेदन परिसकेको छ  । 

माग गरिए भन्दा बढी आवेदन परेकोले  केहि आवेदकले माग गरे भन्दा कम कित्ता शेयर पाउने निश्चित छ । यद्यपि अधिकांश आवेदकले माग गरे बमोजिम कै शेयर पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved