युनीभर्शल पावरको आइपीओ बाँडफाँड हुँदै, सबैले माग अनुसारको शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 11:38:00 PM मा प्रकाशित

laxmi  sunrise bank

युनीभर्शल पावर कम्पनीको आइपीओ यहि बुधबार (फागुन १५ गते) बाँडफाँड हुनेभएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले यहि बुधबार युनिभर्शलको आइपीओ बाँडफाँड हुने जनाएको छ।  

क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीकाअनुसार युनीभर्शलको आइपीओमा १ लाख ७ हजार १५९ जना आवेदकबाट कुल ९२ लाख ४५ हजार ७४० कित्ताका लागि आबेदन परेको छ। सर्वसाधारणका लागि मात्रै भनेर युनिभर्सलले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता छुट्याएको थियो। 

माग गरिए भन्दा बढी आवेदन परेकोले केहि आवेदकले माग गरे भन्दा कम कित्ता शेयर पाउने निश्चित छ । यद्यपि अधिकांश आवेदकले माग गरे बमोजिम कै शेयर पाउने छन् ।

युनिभर्सलले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको थियो भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved