युनिभर्सल पावरको आईपिओ बाँडबाँड आज, सबैले माग अनुसार नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 08:22:17 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा आज फागुन १५ गते बुधबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहान १० बजे आफ्नै कार्यालयमा शेयर बाँडफांड गर्न लागेको हो । 

कम्पनीको आईपिओमा १ लाख ५ हजार १ सय ५९ आवेदक बाट ९२ लाख ४५ हजार ७ सय ४०  कित्ताको लागि लागि आवेदन परेको छ ।  कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । सर्वसाधारणका लागि मात्रै भनेर युनिभर्सलले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता छुट्याएको थियो । यस अनुसार शेयरमा माग भन्दा बढी आवेदन परेको छ  । माग भन्दा बढी आवेदन परेकोले सबै आवेदकले माग अनुसारको शेयर पाउने छैनन् । यद्यपि अधिकांश आवेदकले माग गरेकै शेयर पाउने छन् । थोरै आवेदकले मात्र माग गरेभन्दा केहि कम शेयर पाउने छन् ।  

आईपिओ बाँडफांड भईसकेपछि त्यसको नतिजा बिजपाटी डटकममा हेर्न सकिने छ

कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved