कृषि विकास बैंकको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 08:42:41 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited को लाभांश सुरक्षित गर्ने आज फागुन १५ गते अन्तिम दिन रहेको छ।  बैंकले चैत्र १५ गते साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनको लागि बैंकले फागुन १६ गते बुक क्लोज गर्ने भएकोले आज फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले लगानीकर्तालाई ७४/७५ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ (कर समेत) गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बैंकले नेपाल सरकारको नाममा रहेको अग्राधिकार शेयरमा समेत ६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ  । 

   हाल कम्पनीको चुक्ता पुंजी ८ अर्ब ५० करोड रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको पुंजी ९ अर्ब नाघ्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved