युनिभर्सल पावरको आईपिओ बाँडफाँड, रिजल्ट बिजपाटी डटकममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 10:32:35 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहान १० बजे आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो । 

 कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये सर्वसाधारणका लागि ८८ लाख ५७ हजार ५ सय ९० कित्ता छुट्याइएको थियो । सर्वसाधारणतर्फ कुल १ लाख ५ हजार १ सय ५९ जनाले आवेदन दिएकोमा ४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका १ लाख ५ हजार १ सय १९ योग्य आवेदक सबैले शेयर पाएका छन् । 

शेयर बाँडफांड मोडल अनुसार १३ सय कित्तासम्म आवेदन दिनेले १३ सय कित्ता नै शेयर पाएका छन् । १५ सय कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने सबैले समान रुपमा १३ सय ५० कित्ता शेयर पाएका छन् । १५ सय देखि १० हजारसम्मको शेयर माग गर्ने २४६ जना मध्येबाट १५७ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा अधिकतं पाउनेले १३ सय ६० कित्ता शेयर पाएका छन् । आईपिओमा १.०४ प्रतिशत बढी आवेदन परेको थियो । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुनेछ । नतिजा प्रकाशित भएपछि हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा युनिभर्सल हाइड्रो छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको छ हेर्न सकिने छ ।  यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved