तेस्रो दिन मै पाँचथर पावरको आईपिओमा माग भन्दा बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 05:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको आईपिओमा तेस्रो दिन मै माग भन्दा बढीको आवेदन परेको छ ।  बुधबार  बेलुकी ५ :४० सम्ममा ५० हजार आवेदकबाट २१ लाख ५० हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

 कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कर्मचरीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता बाँडफांड गरिएको छ । बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । तेस्रो  दिनसम्म १२ करोड ९५ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो  ।  यो सर्वसाधारणलाई निष्काशन गरिएको शेयरको ७९.५८ प्रतिशत हो ।  

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्ने छन्  । आईपिओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ  । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ  । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ  । 

कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी ७३ साल माघ २२ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved