जनउत्थान लघुवित्तले माग्यो शतप्रतिशत हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 09:25:44 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रद जारी गर्नको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved