मेरो माइक्रोफाइनान्सको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 10:02:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स  Mero Microfinance Bittiya Sanstha Limited ले आज फागुन १९ गतेबाट हकप्रद बिक्रि खुला गरेको छ  ।  कम्पनीले  १:१ अनुपातमा शतप्रतिशत अर्थात्   ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

हकप्रद निष्काशनको लागि कम्पनीले  माघ २४ गते बुक क्लोज गरेकोले माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउन सक्ने छन । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र २४ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।  

 हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा  हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved