शिवम सिमेन्टको आईपिओ बाँडफांड बुधबार, यस्तो छ शेयर पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 05:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओ आगामी बुधवार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार शेयर बाँडफांड हुने जानकारी दिएको हो  ।

कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । जस अनुसार सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरिएको थियो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको थियो ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन   ।

आईपिओमा ५१ हजार ८ सय ८२ आवेदकबाट ५१ लाख ८९ हजार हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको छ  । त्यस्तै स्थानीयको लागि छुट्याइएको शेयर मध्ये ९४ हजार ६ सय ९५ कित्ताको लागि आवेदन नपरेको क्यापिटलले जनाएको छ  । स्थानीयले खरिद नगरेको शेयर पनि सर्वसाधारणलाई बिक्रि हुने छ  ।

आईपिओमा सर्वसाधारणले न्यूनतंम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था थियो  । जस अनुसार ५० कित्ताको लागि आवेदन दिने सबैले ५० कित्ता नै शेयर पाउने छन्  । सो भन्दा बढी कित्ताको लागि आवेदक दिएका मध्ये अधिकांश आवेदकले माग बमोजिम कै शेयर पाउने छन्  । केहि आवेदकले मात्र माग भन्दा  कम शेयर पाउने छन्  ।

स्थानीय तर्फ भने सबै आवेदकले माग अनुसार कै शेयर पाउने छन्  । 

कम्पनीले स्थानीयहरुलाई यस अघि पनि प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा २ लाख २ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो । यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved