'सेयर बजार ओरालो लाग्नुमा मेरो र अर्थमन्त्रालयको हात छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 02:23:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले सेयरबजार ओरालो लाग्नुमा आफ्नो र अर्थमन्त्रालयको हात नरहेको स्पष्ट पारेका छन। अर्थमन्त्रालयमा आयोजित चालू आर्थिक बर्ष २०७५/०७६ को अर्धबार्षिक बजेट समिक्षा प्रतिबेदन कार्यक्रम पश्चात चियापानको अवसरमा संचारकर्मीहरुसंगको अनौपचारिक कुराकानीमा मन्त्री खतिवडाले यस्तो बताएका हुन। 

अर्थमन्त्री खतिवडाकाअनुसार पैसा हुनेले सेयर नकिनेकाले सेयर बजार प्रभावित भएको हो। आफ्नो र अर्थमन्त्रालयको बचाऊ गर्दै अर्थमन्त्री खतिवडाले नाफा गर्ने संस्थाको नै सेयरमुल्य घटेको छ भन्दै संचारकर्मीहरुलाई नै यस्तो किन भएको भन्ने प्रश्न गरे।

'बैंकहरुले नाफा कमाएकै छैन, हाम्रो तथ्यांकले उद्योग कल कारखानासंगै उत्पादन बढेको देखाएको छ, कम्पनीको सबै ग्रोथ राम्रै छ, त्यहि पनि सेयर मुल्य किन घटेको हो ? उनले संचारकर्मीहरुलाई नै प्रश्न गरे। 

'पैसा हुनेले सेयर नाकिनेर नै बजार घटेको हो, पैसा हुनेले किन्ने हो' उनले भने, 'बरु तपाई पत्रकार साथीहरुले किन्नुहोस, बजार बढ्ला, यहाँ अर्थमन्त्रीसंग त पैसा छैन, सेयर कसरि किन्ने ?' मुस्कुराउदै अर्थमन्त्री खतिवडाले भने।  

अर्थमन्त्रालयले फागुन २१ गते सार्वजनिक गरेको चालू आर्थिक बर्षको अर्धबार्षिक बजेट समिक्षा प्रतिबेदनमा सेयरबजारमा थप ८ वटा कम्पनी सुचिकृत भएको उल्लेख छ। 

प्रतिबेदनमा उल्लेख भएअनुसार यसअवधीमा २४ अर्ब ९६ करोड ७८ लाख बराबरको १९ करोड ८ लाख कित्ता सेयर निष्काशन भएका छन। सेयर आपूर्तिको तुलनामा सेयर माग कम भएको र बैंकिङ क्षेत्रमा ब्याजदर वृद्धिको प्रभाब देखिएको कारण बजार परिसूचक नेप्से सूचांक २०७५ असार मसान्तको १२१२ बिन्दुबाट २०७५ पुष मसान्तमा २।८ प्रतिशतले ह्रास आई ११७८ बिन्दुमा पुगेको छ। २०७५ पुष मसान्तसम्म बजार पुँजीकरण १४ खर्ब ३६ अर्ब ६७ करोड पुगेको छ।  

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved