अनुमति पाएको हकप्रद निष्काशन नगर्दै गुराँस लाइफद्वारा फेरी शतप्रतिशत हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 12:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले हकप्रद माथि हकप्रदको भार बोकाएर २ अर्ब चुक्ता पुंजी पुर्याउने भएको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले ५० प्रतिशतपछि सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्ता पुंजी ५९ करोड ४० लाख रहेको छ ।  कम्पनीले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्दै छ । बोनस पारित गर्न कम्पनीले चैत्र २१ गते साधारणसभा डाकेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाई सकेको छ । ५० प्रतिशत हकप्रद र ८ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ९३ करोड ८५ लाख पुग्ने छ ।  

त्यसपछि इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ८७ करोड पुग्ने छ ।  

शत प्रतिशत हकप्रद प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेपछि, बिमा समितिले स्वीकृत दिएपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले साधारणसभा प्रयोजन र ५० प्रतिशत हकप्रद निष्काशनको लागि चैत्र ६ गते बुक क्लोज गर्ने भएको छ ।  चैत्र ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन, ८ प्रतिशत बोनस पाउन र ५० प्रतिशत हकप्रद भर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved