नेप्सेमा समस्या आउँदा २ घण्टा कारोबार प्रभावित, टर्नओभर १० करोड पनि पुगेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 04:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा प्राविधिक समस्या आउँदा लगानीकर्ता कारोबार गर्नबाट बन्चित भएका छन् । आइतबारको कारोबारमा १२ बजेर ४६ मिनेटपछि प्राविधिक समस्या आएको हो । नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले प्रोटोकल लेयरमा समस्या आएकोले कारोबार प्रभावित भएको बताए ।  समस्या अझै जारि रहेकोले कारोबार समय थप नगरिएको प्रबक्ता पराजुलीले बताए । 

सिस्टममा समस्या आएपछि आइतबार कारोबार रकम १० करोड पनि पुग्न सकेन ।  आइतबार १४८ कम्पनीका ३ लाख २२ हजार २ सय ४२ कित्ता शेयर कारोबारबाट ९ करोड ३८ लाख ४२ हजार ८ सय ६१ रुपैयाँको कारोबार भएको छ । सूचक भने ०.९४ अंकले बढेको छ। 

आजको कारोबारमा बैंकिंग, होटेल, डेभलपमेन्ट बैंक, जीवनबिमाका परिसूचक बढेका छन् ।  आजको कारोबारमा नेपाल लाइफको सबै भन्दा धेरै १ करोड २३ लाखको कारोबार भएको छ । आज सानिमा माई हाइड्रोका लगानीकर्ताले सर्बाधिक ४.०२ प्रतिशत कमाएका छन् भने विनाउ विकास बैंकका लगानीकर्ताले सर्बाधिक ५.४८ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved