दोहोरो अंकले बढ्यो नेप्से, नेपाल लाइफको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 04:46:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १४.२८ अंकले बढेर ११४२.९३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपियाँको कारोबार भएको छ । 

आज नेपाल लाइफको सबैभन्दा धेरै २ करोड ८९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक, प्रभु बैंक, एनसीसी बैंक, अपर तामाकोशी लगायत रहेका छन् । 

आज कारोबारमा अन्य समुहबाहेकका सबै समुहगत सूचक बढेका छन् । आज ङा्दी हाइड्रोका लगानीकर्ताले सबै भन्दा धेरै ८.७७ प्रतिशत बढेको छ । अन्य बढी कमाउनेमा कन्चन डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो, निर्धन उत्थान लघुवित्त लगायत रहेका छन् । 

आज सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.६६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स, हाथवे फाइनान्स, बरुण हाइड्रो लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved