लगानीकर्ता दबाब समुहद्वारा आन्दोलनका कार्यक्रम घोषणा, अर्थमन्त्रीको बर्खास्ती मुख्य माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 06:11:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 आफ्ना पुराना मागहरु पुरा गर्न नियमनकारी निकायहरुले चासो नदिएको भन्दै सेयर लगानीकर्ता दवाब समूहले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ  । सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझाव मध्ये केहि कार्यन्वयनमा आएको तर  अधिकांश माग आलटाल गरिएकोले आन्दोलनको कार्यक्रम सार्बजनिक गरेको समुहले जनाएको छ । 

बैशाख १ देखि अनिवार्य गर्ने भनिएको प्यान स्वच्छिक हुनु पर्ने र क्यापिटल गेन ट्याक्स अन्तिम हुनु पर्ने माग समेत समुहले थपेको छ । साथै यस पटकको आन्दोलनमा अर्थमन्त्रीको राजिनामा मुख्य माग रहेको दबाब समुहले जनाएको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरु : 

चैत ९ गते अर्थमन्त्रीको बर्खास्तीका लागि प्रधानमन्त्री अनुरोध गर्ने 

चैत १० गते धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने

चैत ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ गर्ने 

चैत १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने। 

चैत १३ गते धितोपत्र बोर्डमा तालाबन्दी गर्ने  । 

चैत १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजीबजार बारे अवगत गराउन विवरणपत्र बुझाउने। 

चैत १५ गते लगानी सम्मलेनमा विदेशी पाहुनाहरुसँग छलफल गर्ने। 

चैत १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved