सपोर्ट माइक्रोफाइनान्सले हकप्रद जारि गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 10:53:31 AM मा प्रकाशित

laxmi  sunrise bank

गत बर्ष असोजमा आईपिओ निष्काशन गरेको सपोर्ट माइक्रोफाइनान्स Support Microfinance Bittiya Sanstha Limited ले चुक्ता पुंजी वृद्धि गर्न हकप्रद जारी गर्ने भएको छ  । कम्पनीले हाल कायम चुक्ता पुंजीको ३:२ को अनुपातमा ६६.६६. प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले हकप्रद प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो  ।

कम्पनीले चैत्र २३ गतेको लागि साधारणसभा डाकेको छ  । साधारणसभाको लागि चैत्र ७ देखि चैत्र २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । चैत्र ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन्  । कम्पनीले गत आर्थिक बर्षको कमाईबाट लाभांश नदिने निर्णय यस अघि नै गरिसकेको छ  ।

कम्पनीले गत आर्थिक बर्षमा २४ लाख ५३ हजार खुद नाफा गरेको थियो । त्यसलाई विभिन्न कोषमा बाँडफांड गर्दा ११ लाख ८९ हजारलाई संचित मुनाफामा राख्ने प्रस्ताव कम्पनीले गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ६ करोड रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १० करोड पुग्ने छ ।

यस्ता छन् साधारणसभाका अन्य एजेण्डाहरु : 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved