एभरेष्ट इन्स्योरेन्सले माग्यो ३ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 07:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले फागुन १५ गते शेयर निष्काशनको अनुमति माग गरेको हो  । 

कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको हो  । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गर्ने छ  । 

कम्पनीले यस अघि  १ सय ५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो  । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम भएको छ ।

३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved