एनएमबि बैंकको ३ अर्बको ऋणपत्र बिक्रि खुला, १० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 08:12:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले आज  फागुन ३० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निश्कासन गरेको हो । ऋणपत्रमा छिटोमा चैत्र ४ र ढिलोमा चैत्र १४ गतेसम्म आवेदन दिन सकिने छ । 

बैंकले कुल ३० लाख कित्ता मध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको हो । यसबाट ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । दश बर्षे यस ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशत ब्याज दिने छ। 

ऋणपत्रको निश्कासनको लागि सिद्धार्थ क्यापिटल लिमीटेड बिक्रि प्रबन्धक रहेको छ। यस ऋणपत्रले  ’इक्राएनपि एलए माइनस’ को रेटिंग पाएको छ । यसले ऋणपत्रमा न्युन जोखिम जनाउछ  । 

ऋणपत्रमा सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved