सेयरबजारबारे गम्भीर बन्न सरकारलाई सुझाब, प्यान समाधानसहितको ३ बर्षे प्याकेजको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 10:35:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार र सेयरलगानीकर्ताका नेताहरुबीच सेयरबजारको पछिल्लो अवस्थाबारे छलफल भएको छ। फागुन २९ गते दिउँसो सेयरलगानीकर्ताका नेताहरु र अर्थमन्त्रालयका अधिकारीहरुबीच सेयरबजारको पछिल्लो अवस्था, समस्या र समाधानका बिषयमा छलफल भएको हो। 

कुनै ठोस बिषयमा छलफल गर्न नभई बजारको पछिल्लो अवस्था र बिभिन्न महत्त्वपूर्ण बिषयमा छलफल भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बिजपाटीलाई बताए। रौनियारकाअनुसार कुनै ठोस बिषयमा निर्णय लिन नभई बजारको पछिल्लो अवस्थाबारे लगानीकर्ताको धारणा बुझ्नलाई अर्थले छलफल डाकेको हो। 

करिब २ घण्टा लामो छलफलमा प्यान, सेयरको माग बढाउँने उपाय लगायतको बिषयमा छलफल भएको थियो। आफुले अर्थका सचिब लगायतका अधिकारिहरु सेयरबजारको अवस्थाबारे गम्भीर रहेको पाएको रौनियारले बताए। 

सेयरबजारका लगानीकर्तालाई प्यानको बिषयले चिन्तित (प्यानिक) बनाएकाले यसबारे जति सक्दो चांडो सरकारले आफ्नो औपचारिक धारणा बाहिर ल्याउनुपर्ने सुझाब दिइएको छ। प्यानको बिषय नयाँ नभएको तर कुनै ठोस निर्णय सरकारले गर्न नसकेकाले बजारमा प्यान आतंक मच्चिएकोबारे  जानकारी गराइएको छ। 

लगानीकर्ताका नेताहरुले अर्थका अधिकारीहरुलाई तत्कालिन अर्थका राजश्व सचिब शिशिर ढुंगानाले अर्थमन्त्री प्रमुख अतिथि रहेको एक कार्यक्रममा अहिले लागनिकर्ताले तिर्दै आएको साढे ७ प्रतिशत क्यापिटल गेन नै अन्तिम कर भएको बताएको स्मरण गराएका छन। 'प्यान लगाउनु नै छ भने त्यसभन्दाअघि अहीले तिर्दै आएको कर नै अत्निम कर हो र नोक्सानी हुँदापनि त्यसको समायोजन हुन्छ भन्ने गरि अर्थबाट ठोस बिषय आउनुपर्छ' रौनियारले छलफलमा भने। 

त्यस्तै बजारमा खरिद र बिक्रि दुवैमा कर लाग्ने, कहिले खरिदमा लाग्ने बिक्रिमा नलाग्ने जस्ता बिषयहरु आउँदा त्यसले थप अन्यौलको वातावरण सिर्जना गरेको भन्दै करको बिषयमा सरकारले स्पष्ट धारणा बनाएर औपचारिक निर्णय सुनाउनुपर्ने सुझाब दिएको लगानीकर्ताका नेताहरुले बताए।  

सेयरबजारको बजार पुँजीकरण २३ खर्ब बाट १३ खर्बमा झर्दा बजारले १० खर्ब गुमाएको स्मरण गराउदै लगानीकर्ताले नेताहरुले राजश्व बढाउने र एकै आर्थिक बर्षमा धेरै राजश्व संकलन उठाउने बहानामा सेयर बजारनै क्र्यास नगराउन सुझाब दिएका छन। 'सरकारले अहिले साढे ७ प्रतिशतका दरले कर लगाउँदा भन्दा पहिले ५ प्रतिशतको दर हुँदा बढी राजश्व संकलन गरेको स्मरण गराएका छौँ' रौनियारले भने। 

राजश्व बढाउने योजना बनाउनु भन्दा अहिलेको सेयर आपूर्तिको उचित व्यवस्थापन गर्नलाई आवश्यक काम गर्न सुझाब दिएको रौनियारले बताए। बैंकलाई ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीलाई लगानीकर्ताको सहज वातावरण, अहिलेको ब्रोकरको क्षमता र कार्यबिस्तार, सर्वसाधारणमा बजारबारे सचेतना कार्यक्रम लगायतका उपाय अपनाएर सेयरको आपूर्ति बढाउन सुझाब दिएको रौनियारले बताए। सरकारलाई बजार सुधारको बिषयलाई सामेल गरेर ३ बर्षको प्याकेज सार्वजनिक गर्न समेत नेताहरुले सुझाब दिए।      

छलफलमा लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूंजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल लगायतका उपस्थित थिए भने अर्थमन्त्रालयको तर्फबाट सचिब (रजश्व) लाल शंकर घिमिरे लगायतका उपस्थित थिए। अर्थमन्त्रीको राजिनामालाई पहिलो माग बनाएर चैतको दोस्रो सातादेखि आन्दोलनको घोषणा गरेको लगानीकर्ताको दबाब समुहलाई छलफलमा नबोलाइएको अर्थले जनाएको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved