ग्रामिण विकास लघुवित्तले पायो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 05:50:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण विकास लघुवित्तले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २९ गते शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले माघ २९ गते अनुमतिको लागि बोर्डमा आवेदन दिएको थियो ।

अब कम्पनीले हाल कायम चुक्ता पुंजीको ५० प्रतिशतको दरले ३२ करोड ७५ लाख बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ। यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ । 

यो पनि: 

ग्रामिण विकास लघुवित्तको लाभांश २ वर्षपछि ! (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved