सेयर ब्रोकर र ठुला लगानीकर्ताबाटै अनलाइन प्रणालीलाई असहयोग !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2019 | 10:12:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा अनलाइन कारोबार प्रणाली संचालनमा आएको करिब ५ महिना पुगेको छ। २०७५ कात्तिक २० गते अर्थमन्त्री ड़ा युबराज खतिवडाले उद्घाटन गरेसंगै सेयरबजारमा अनलाइन कारोबार प्रणाली लागू भएको हो । गत पुष १७ देखि बैंकिङ प्रणालीसंग एकीकृत भएसंगै सेयरबजारमा फुल फेजको अनलाइन प्रणाली संचालनमा आएको छ। संचालनमा आएको यत्तिका दिन हुँदा समेत फागुन २८ गतेसम्म ३२ सयले मात्र अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएका छन। जबकि सेयरबजारमा लगानीकर्ताको संख्या १५ लाख भएको दाबि गरिदै आएको छ। 

सेयरबजारमा लगानीकर्ताको संख्या १५ लाख भनीएपनि दोस्रो बजारमा नियमित कारोबार गर्नेको संख्या १ लाख भन्दा कम भएको बिजपाटीको एक अध्ययनले देखाएको छ। सक्रिय लगानीकर्ताको संख्या १ लाख भन्दा कम भनिएकोमा अहिलेसम्म ३२०० ले मात्रै अनलाइन कारोबार प्रणालीमा भाग लिनुले अनेक प्रश्न खडा गरेको छ। 

यो पनि : सेयरबजारमा लगानीकर्ताको संख्या कति ? गफ १५ लाखको, यथार्थमा हजार मात्रै!

सेयर कारोबारको रकमलाई आधार मान्ने हो भने अफलाइनबाट कारोबार गर्नेको संख्या बढी भएको पाइएको छ। गत साता सेयर बजारमा कुल ९७ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। जसमा अनलाइनबाट १३ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ भने बाँकी ८४ करोड १ लाख अफलाइनबाट भएको छ। 

लामोसमयदेखि अनलाइन कारोबार प्रणालीको पर्खाइमा रहेका लगानीकर्ताले आखिर अनलाइन कारोबार प्रणाली किन रोजेनन ? के साच्चिकै अनलाइन कारोबार प्रणाली लगानीकर्तामैत्री भएन वा अरु नै कारण छ ? 

यहाँ एउटा घटना स्मरण गर्न उचित लाग्यो। एक लगानीकर्ता संगठनका एक सदस्यल कुनै अनौपचारिक कुराकानीमा 'अनलाइनबाट कारोबार गर्न सहज भएपनि धितोमा भएको सेयर बेच्न नपाएपछि जति नै अनलाइन भए नि के गर्ने' भनेका थिए। सेयरबजारमा सक्रिय भनिएका लगानीकर्तामा अधिकांश ठुलो भोलुममा कारोबार गर्नेहरु छन। जसलाई बोलीचालीको भाषामा ठुला लगानीकर्ता भन्ने गरिन्छ। अधिकांश ठुला लगानीकर्ताको सेयर कुनै न कुनै बैंक वित्तीय संस्थामा धितोमा रहेको छ। 

अहिलेसम्मको अभ्यास हेर्ने हो भने, ठुला लगानीकर्ताले धितोमा भएको सेयर बिक्रिको आदेश दिने र सोहि दिन ब्रोकरबाट बिक्रि गरेको स्टेटमेन्ट लिने र त्यहि स्टेटमेन्ट देखाएर यता धितोको सेयर फुकुवा गर्ने गर्दै आएका छन।  ब्रोकर र बैंकबीच यस्तो सेटिंग मिलाएर कारोबार गर्ने ठुला लगानीकर्ताको संख्या धेरै नै रहेको पाइन्छ। तर साना तथा सर्वसाधारण लगानीकर्ताको नत ब्रोकरसंग पहुँच हुन्छ न त बैंकमा। त्यसैले यस्ता लगानीकर्ताले त्यस्तो सेटिंगबाट हुने लाभ उठाउन सक्ने कुरै भएन। 

यो पनि : सेयरबजारको अनलाइन प्रणाली: बिरोध गर्ने समुहदेखि १९ करोडको नालीबेली (बिशेष रिपोर्ट)

बिगतमा यसरि सेटिंग मिलाएर सेयर कारोबार गर्दै आएका ठुला लगानीकर्ताले आजका दिनमा पनि अनलाइन मार्फत कारोबार नगरेको पाइएको छ। अनलाइन मार्फत सेयर कारोबार गर्दा यस्तो सेटिंगको कुनै अवसर नभएकाले सेयर दलाल (ब्रोकर) र ठुला लगानीकर्ताले आजका दिनमा अनलाइन कारोबार प्रणालीमा इच्छा देखाएका छैनन । यस्तो सेटिंगमा रमाएकाहरुले आजका दिनमा पनि अफलाइन मार्फत कारोबार गर्ने हुँदा अनलाइन भन्दा अफलाइनबाट हुने सेयर कारोबारको भोलुम ठुलो हुने गरेको पाइएको हो। 

केहि मिडियाहरुको सहायतामा अनलाइनमा यो समस्या आयो, त्यो समस्या आयो भनेर हौवा पिट्नेहरुपनि यस्तै समुहहरु रहेको बिजपाटीको खोजले देखाएको छ। आजका दिनमा फेसबुक र टुईटर जस्ता बिश्व प्रख्यात सामाजिक संजालका सर्भर र होस्टिंगमा समेत समस्या आउने गर्दछ। त्यसमा अहिलेको अनलाइन कारोबार प्रणाली निर्माणको जिम्मा पाएको वाईकोले नेप्सेलाई सम्पूर्ण रुपमा सिस्टम हस्तान्तरण गरिसकेको पनि छैन। बेला बेलामा देखिने यस्तै माइनर र मेजर प्राविधिक समस्यालाई न्यूनीकरण गर्दै नेप्सेमा आत्मबिश्वास बढेपछि वाईकोले सम्पूर्ण रुपमा प्रणाली हस्तान्तरण गर्नेछ। त्यसैले साना तथा सर्वसाधारण लगानीकर्ताले अनलाइन कारोबार प्रणालीको प्रयोग गर्ने र अरुलाई प्रयोग गर्न प्रोत्साहन गर्नु नै ठुला लगानीकर्ता र ब्रोकरको सिन्डिकेटबाट बजारलाई मुक्ति दिलाउने अचुक उपाय हो।

त्यस्तै केहि ब्रोकरले आजका दिनमा पनि अनलाइन भनेको रियल टाइममा हुने कारोबार हो भनेर लगानीकर्ता भड्काएको पाइएको छ। एक क्लिकमा आफुसंग भएको सेयर बेचेर तुरुन्त आफ्नो बैंक खातामा पैसा आउने र सेयर किन्ने बित्तिकै डिम्याट खाताबाट तु सेयर बढ्ने भनेर लगानीकर्तालाई पढाइएको पाइएको छ।  जबकि अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा समेत गत २०१८ सेप्टेम्बरबाट टि प्लस २ लागू भएको छ। अर्थात अनलाइनबाट कारोबार भएपनि कारोबार भएको दिनको दोस्रो दिनमा मात्रै सेटल हुने गर्छ। नेपालमा हामि टि प्लस ३ मा छौं। लामो समयको संघर्षपछि आएको अनलाईन प्रणालीमा ब्रोकर र ठुला लगानीकर्ताले नै इच्छा नदेखाई असहयोग गरेको यो एउटा दरिलो प्रमाण हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved