ब्रोकर कमिशन घट्ने पक्का भएको हो ? यसो भन्छ धितोपत्र बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 07:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने बिषयबारे केहि पनि कुरा नभएको जनाएको छ। धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउन गृहकार्य थालेको भन्ने सूचना निराधार भएको बोर्डले जनाएको छ। 

बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरोज गिरिले ब्रोकर कमिशनको बिषयमा कुनै पनि छलफल तथा कुराकानी नभएको बिजपाटीलाई बताए। 'ब्रोकर कमिशन घटाउनेबारे केहि पनि कुराकानी भएको छैन' गिरिले भने।  

मुद्रा तथा पूँजी बजार सुधारका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा समेत अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा लागू भएपश्चात ब्रोकरहरुले लिने सेवा शुल्कमा पुनरावलोकन हुने बिषय उल्लेख छ। 

हाल लगानीकर्ताले ब्रोकर कमिशन बापत अधिकतम ०.६% र न्युनतम ०.४ प्रतिशत तिर्दै आएका छन। लगानीकर्ताले ५० हजार भन्दा मुनिको सेयर कारोबारमा ०.६ प्रतिशत, ५० हजार १ रुपैयाँमाथि र ५ लाख मुनिको कारोबारमा ०।५५ प्रतिशत, ५ लाख १ रुपैयाँमाथि र २० लाख मुनिसम्मको लागि ०.५ प्रतिशत र २० लाख १ रुपैयाँ माथि र १ करोड मुनिको कारोबारको लागि ०.४५ प्रतिशत तथा १ करोड १ रुपैयाँ माथिको कारोबारको लागि ०.४ प्रतिशत सेवा शुल्क तिर्दै आएका छन।   








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved