शिवम सिमेन्ट र युनिभर्सल पावरको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 10:51:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बिहिबारबाट शिवम सिमेन्ट र युनिभर्सल पावरको कारोबार खुला भएको छ । 

शिवम सिमेन्टको SHIVM सिम्बलमा कारोबार सुरु भएको हो ।  कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १ सय ६१ रुपियाँ ६० पैसा देखि ४ सय ८४ रुपियाँ ८० पैसासम्मको रेन्ज तोकिदिएको छ  । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ  । 

त्यस्तै युनिभर्सल पावरको UPCL सिम्बलबाट कारोबार खुला भएको हो। कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १ सय १ रुपियाँ ११ पैसादेखि ३ सय ३ रुपियाँ ३३ पैसा सम्मको सुरुवाती रेन्ज तोकेको छ  ।  कम्पनीको नेट वर्थको आधारमा नेप्सेले सुरुवाती मूल्य तोकेको हो । 

नेप्सेमा मंगलबार युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता र शिवम सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर सुचिकृत भएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved