नेप्सेको 'स्पेशल प्रि ओपन सेसन' जसले रोक्यो शिवम सिमेन्ट र युनिभर्सल पावरको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 03:59:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेप्सेले शिवम सिमेन्ट र युनिभर्सल पावरको कारोबार खुला गरिएको सूचना आफ्नो वेबसाइटमा राख्दै दुवै कम्पनीको पहिलो कारोबारको लागि सुरुवाती रेन्ज समेत तोकिदियो । तर बिहिबार दिन भरी कम्पनीको कुनै पनि कारोबार नै भएन । 

नेप्सेले कार्यन्वयनमा ल्याएको स्पेशल प्रि ओपन सेसनका कारण बिहिबार दुवै कम्पनीको कारोबार हुन् नसकेको हो ।  यस अनुसार कुनै पनि नयाँ कम्पनीको पहिलो कारोबार सुरु हुन् अगाडी प्रि ओपन सेसनमा मूल्य सेट हुनु पर्छ । अर्थात् कारोबार भएर मूल्य तय हुनु पर्छ ।  खरिद आदेश र बिक्रि आदेश मिलेपछि मूल्य कायम हुन्छ ।  नेप्सेले प्रि ओपन सेसनको लागि १०:३० देखि ११ बजेसम्मको समय तोकिएको हुन्छ ।  यस समय भित्र कारोबार भएर मूल्य तय भए मात्र  ११ बजेपछि सुरु हुने नियमित बजारमा कम्पनीको कारोबार हुन् सक्छ ।  प्रि सेसनमा कारोबार नभए अर्को दिन पुन: प्रि सेसन मै कारोबार गर्नु पर्ने हुन्छ ।  यहि कारण आज दुवै कम्पनीको कारोबार हुन् नसकेको हो । 



यो नेप्सेले अहिले आएर गरेको व्यवस्था भने होइन । धितोपत्र कारोबार संचालन विनियमावली २०७५ मा यस सम्बन्धि ब्यबस्था छ ।  उक्त विनियमावलीको दफा ११ मा कारोबार संचालन सम्बन्धि ब्यबस्थामा यस्तो ब्यबस्था छ । तर यसको प्रयोग भने पहिलो पटक भएको हो । तामाकोशीको आईपीओको कारोबार सूरु हुँदा मूल्य ५० प्रतिशतले बढेर कारोबार भएपछि त्यस्तो समस्या पुन नआओस भनेर विनियमावलीमा भएको ब्यबस्थालाई अहिले कार्यन्वयनमा ल्याईएको नेप्सेले बताएको छ ।

यस बारे नेप्सेले सम्पूर्ण ब्रोकरहरुलाई यस अघि नै जानकारी दिएको समत बताएको छ । तर ब्रोकरहरुले भने यस बारे समय मै जानकारी नभएको बताएका छन् । कारोबार नहुँदा लगानीकर्ता भने अन्योलमा परेका छन् । हेर्नुस नेप्सेले ब्रोकरलाई दिएको जानकारी । 



  

 बिहिबार शिवम सिमेन्टको SHIVM सिम्बलमा कारोबार सुरु भएको हो ।  कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १ सय ६१ रुपियाँ ६० पैसा देखि ४ सय ८४ रुपियाँ ८० पैसासम्मको रेन्ज तोकिदिएको छ  । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ  । 

त्यस्तै युनिभर्सल पावरको UPCL सिम्बलबाट कारोबार खुला भएको हो। कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १ सय १ रुपियाँ ११ पैसादेखि ३ सय ३ रुपियाँ ३३ पैसा सम्मको सुरुवाती रेन्ज तोकेको छ  ।  कम्पनीको नेट वर्थको आधारमा नेप्सेले सुरुवाती मूल्य तोकेको हो । 

नेप्सेमा मंगलबार युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता र शिवम सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर सुचिकृत भएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved