गणपति माइक्रोफाइनान्सले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 04:22:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले आज चैत्र ७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो  । कम्पनीले पुस २ गते अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

अब कम्पनीले  ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गर्ने छ   शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।  


 गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय  दुलेगौढा, तनहुँमा रहेको छ ।  हाल कम्पनीको २० वटा शाखा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved