बिजपाटी सम्बाददाता     Mar 21, 2019 | 11:47:32 PM



एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले चैत्र २५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  । कम्पनीले १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  । अब कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड सेबोनबाट माघ २७ गते स्वीकृति पाएको हो ।

हकप्रद भर्नको लागि कम्पनीले फागुन २२ गतेका लागी बुक क्लोज मिति तोकेको छ । फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7