हिमालयन बैंकले ३ अर्बको ऋणपत्र बिक्रि गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2019 | 07:32:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि गर्ने भएको छ। यसका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। 

नियुक्ति सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट अशोक शम्सेर जबरा र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी प्रमुख राजिब सापकोटाले हस्ताक्षर गरेका छन। बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई  बन्ड बिक्रि गर्न लागेको हो । 

यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागतलगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ। सात बर्ष अवधीको यो ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved