स्पर्श लघुवित्तको आईपीओ रिजल्ट सार्वजनिक, रिजल्ट बिजपाटी डटकममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 11:18:40 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ रिजल्ट सार्वजनिक भएको छ। बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आइतबार (चैत १०) बिहान ९ बजे आफ्नै कार्यालयमा स्पर्श लघुवित्तको आइपीओ बाँडफाँड गरेको हो। 

बाँडफाँड प्रकृयाअनुसार २५ हजार २०० ले स्पर्श लघुवित्तको १० कित्ता सेयर पाएका छन। स्पर्श लघुवित्तको आइपीओमा आबेदन दिएका मध्ये २ लाख ७३ हजार ७३८ जनाको हात खालि भएको छ। स्पर्शको आइपीओमा २ लाख ९८ हजार ९३८ जनाले आबेदन दिएका थिए। जसमध्ये ५८५ जनाको आबेदन रद्द भएको छ।     

कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिसकिएको कम्पनीले जनाएको छ । बाँकि रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन। कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट २५ हजार २ सय आवेदकले मात्र समान १० कित्ता शेयर पाएका हुन। 

कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।

नतिजा बिजपाटी डटकममा   

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकशित भएको छ। नतिजा हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा स्पर्श लघुवित्त वित्तीय संस्था छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे वा नपरेको हेर्न सकिन्छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved