त्रिशुली जलविद्युतको आइपीओमा ३ दिनमा ३७ करोडको आबेदन, रद्द हुनेको संख्या बढ्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 07:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा तेस्रो दिनमा उल्लेख्य आबेदन परेको छ। कम्पनीको आइपीओमा तेस्रो दिन (५.३० बजेसम्म) ३ करोड ७३ लाख १९ हजार ७२० कित्ताको लागि आबेदन परेको छ। 

सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकाअनुसार तेस्रो दिनसम्म ८३ हजार ५८३ आवेदकले करिब ३७ करोड ३१ लाख ९  हजार ७२० रुपैयाँ बराबरको आबेदन दिएका छन।   

प्राप्त कुल आबेदन मध्ये ५१ हजार ७६५ आबेदन भेरीफाई भएको छ भने ३० हजार २२७ आबेदन भेरीफाई हुन बाँकि छ। त्यस्तै १५२१ आबेदन रद्द भएको छ।  

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुलीले निष्काशन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए।कम्पनीले हाल जारि पुंजीको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ। बाँकि रहेको ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन। 

लगानीकर्ताले आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ । आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमको समान ३० -३० प्रतिशत लगानी रहेको छ। बाँकि ४० प्रतिशत सर्वसाधारणले लगानी गर्ने भएका हुन् ।  

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत कम्पनीले शेयर निष्काशन गर्न लागेको हो  ।  ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा सहित सरकारले यो कार्यक्रम सुरु गरेको हो।  यसको लागि धितोपत्र बोर्डले  धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन पनि गरिसकेको छ । बोर्डले यस योजना अन्तर्गत निष्काशन हुने आईपिओको क्रेडिट रेटिंग गर्नु नपर्ने छुट समेत दिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved