सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न लागेको मैलुङ खोलाले पायो ग्रेड ५ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 03:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्बसाधारणलाई आईपिओ निष्काशन गर्न लागेको मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ग्रेड ५ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको प्राथमिक निष्काशनलाई सबै भन्दा कमजोर मानिने ग्रेड ५ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको अवस्था खराब रहेको जनाउछ । स्थानीयवासीलाई यस अघि नै शेयर निष्काशन गरेकोले कम्पनीले ग्रेड ५ पाएपनि सर्वसाधारणलै शेयर निष्काशन गर्न पाउने छ । 

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर कम्पनीले अझै शेयर निष्काशनको अनुमति पाएको छैन । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 कम्पनीको रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाट आयोजना संचालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved