कालो बेलुन उडाउदै नेप्सेको मूल गेटमा रिले अनशन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 04:43:12 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता दबाब समुहले नेप्सेले मूल गेट अगाडी रिले अनसन सुरु गरेको छ । धितोपत्र बोर्डमा तालाबन्दी गर्न जाँदा सरकारले दमन गरेको आरोप लगाउदै दबाब समुहले त्यसको प्रतिवाद गर्न अनसन सुरु गरेको जनाएको छ । चैत्र ११ गते बिहान कालो बेलुन उडाएर रिले अनसन सुरु गरिएको समुहका महासचिव नयन बास्तोलाले जानकारी दिए 

समुहले पुंजीबजार सुधार र विस्तारको लागि विभिन्न निकायमा पेश गरिएको ३२ बुंदे माग पुरा गर्न दबाब दिदै आएको छ । यसो अनुरुपमा समुहले आइतबार नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गरेको थियो ।  तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएको थियो । 

३२ बुंदे माग पुरा नभएसम्म रिले अनसन जारि रहने परिस्थिति अनुरुप आन्दोलनलाई थप शशक्त बनाउने समुहले बताएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved