सनराइज बैंकले चैत्र २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 09:10:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले चैत्र २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १ अर्ब रुपियाँ बराबरको प्रति कित्ता १ हजार अंकित  १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । १० लाख कित्ता मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता  सर्वसाधारणका लागि छुट्याइएको छ । यहि ४ लाखको ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ ।

५ बर्ष अवधिको यस ऋणपत्रलाई  ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ नाम दिइएको छ । अर्थात् लगानीकर्ताले यसमा १० प्रतिशत ब्याज पाउने छन् । ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आवेदन दिंदा २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि दिन सकिने छ । लगानीकर्ताले छिटोमा चैत्र २५ र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको यस ऋणपत्रले CARE NP A को रेटिंग पाएको छ, जसले न्यून कर्जा जोखिम रहेको जनाउछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved