दबाब समुहको आन्दोलन स्थगित, 'ससुरा र ज्वाँईलाई' कारबाहीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 02:36:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ता दबाब समुहले आफ्नो आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । लगानी सम्मेलनसम्मको लागि दबाब समुहको आन्दोलन स्थगित भएको हो । आफ्नो आन्दोलनलाई लगानी सम्मेलन भाँड्ने रुपमा ब्याख्या गरी सरकारी पक्षले अप्रिय घटना गराउने प्रयास गरेको बदनियतप्रति सचेत हुँदै लगानी सम्मेलन सम्पन्न नभएसम्मलाई आन्दोलनको कार्यक्रम स्थगित गरिएको संस्थाका महासचिव नयन बास्तोलाले जानकारी दिए ।

सरकारले शान्तिपूर्ण तालाबन्दी र अनशनमा प्रहरी दमन गराई ठूलो अप्रिय घटना गराउन खोजेको समुहले आरोप लगाएको छ ।  साथै समुहले अर्थमन्त्री युवराज खतिवडा, उनका ज्वाइँ सल्लाहकार रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्की, कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका प्रमुख चन्द्रसिंह साउदले धितोपत्र सम्बनधी ऐन २०६३ को प्रस्तावनामा उल्लेख भएको लगानीकर्ताको नैसर्गिक अधिकारको हनन हुने गरी प्रहरीलाई दमन गर्न लगाएको दाबी गरेको छ । समुहले उनीहरु सबै माथि कारबाही गर्न प्रधानमन्त्री केपी ओली समक्ष आग्रह समेत गरेको छ ।  लगानी सम्मेलनपछि नयाँ रणनीतिका साथ आन्दोलनलाई पुनः सुरु गरी ३२ बुँदे माग पुरा गराउन दृढताका साथ लाग्ने समुहका अध्यक्ष हरि ढकालले बताएका छन् । 

मंगलबार नेप्से अगाडी अनसन बस्न गएका दबाब समुहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको थियो  ।  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved