सिस्टममा समस्या आएपछि कारोबार समय थप गर्दै नेप्से, ब्रोकरले लगइन् गर्नै पाएनन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 03:15:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेको कारोबार प्रणालीमा पुन समस्या देखिएको छ । पटक पटक समस्या देखिने गरेको नेप्से प्रणालीमा बुधबार पनि समस्या देखिएको हो । बुधबार १ बजेर ४२ मिनेटदेखि लगानीकर्ताले कारोबार गर्न पाएका छैनन् । 

नेप्सेका अनुसार ब्रोकर प्रणाली (TMS) होस्टिंग भएको डाटा सेन्टर (डाटा हब)  को Router/Firewall मा समस्या आएको हो । यसका कारण कुनै पनि ब्रोकरहरुले प्रणालीमा लग इन गर्न सकेका छैनन। 

 हाल Secondary /Firewall बाट प्रणाली संचालन गर्न को लागि आबश्यक व्यवस्था गरिन लागेको नेप्सेले जनाएको छ। साथै समस्या आएको अवधि बराबरको कारोबार समय थपिने नेप्सेले जनाएको छ । ७० मिनेट भन्दा बढी समय कारोबार रोकिएकोले त्यति नै बराबरीको समय थपको लागि छलफल भईरहेको नेप्से प्रबक्ता मुरहरी पराजुलीले बताए ।  पराजुलीले NOTS (नेप्सेमा होस्टिंग भएको प्रणाली) मा कुनै समस्या नरहेको स्पस्ट पारेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved