माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 05:30:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजद दिने गरी १० बर्षे अवधिको लागि हजार रुपियाँ दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ब्याज भने अर्ध बार्षिक रुपमा भुक्तानी गरीने बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृ श्रीजेश घिमिरेले  हस्ताक्षर गरेका हुन् । 

बैंकले ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको र नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ विक्री खुला गरिने बैंकले जनाएको छ ।   कुल ३० लाख कित्ता मध्ये  अठार लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकि १२ लाख सार्वजनिक निष्काशनबाट बिक्रि गरिने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved