आजबाट नेप्सेको पुरानो एप नचल्ने, प्ले स्टोरबाट नयाँ डाउनलोड गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 11:06:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आफ्नो एप्लिकेशन अपडेट गरि संचालनमा ल्याएको छ । नेप्सेले आज बुधबारदेखि नयाँ डोमेनको एप्लिकेशन संचालनमा ल्याएको हो । नयाँ डोमेनमा एप आएकोले अब देखि पुरानो एप नचल्ने नेप्सेले जनाएको छ । सोहि कारण नेप्सेले सबै प्रयोगकर्तालाई प्ले स्टोर मार्फत नयाँ एप डाउनलोड गर्न आग्रह गरेको छ ।  

एन्ड्रोईन प्रयोगकर्ताले तत्काल नै नयाँ एप डाउनलोड गरेर प्रयोग गर्ने सक्ने भएपनि आईओएस प्रयोगकर्ताले भने नयाँ एप पाउन केहि दिन पर्खनु पर्ने भएको छ । नेप्सेले यो नयाँ एप नभई पुरानै एपको भर्जनलाई अपडेट मात्र गरिएको स्पष्ट पारेको छ । साथै यसमा पुराना सबै फिचर कायम नै रहेको र नयाँ फिचर केहि पनि थप नभएको नेप्सेले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved