ब्रोकरले अनलाइन ट्रेडिङको लगइन पासवर्ड नदिए नेप्सेमा उजुरी गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 01:18:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड नेप्सेले लगानीकर्तालाई सहज रुपमा अनलाइन ट्रेडिङको लगइन आईडी र पासवर्ड उपलब्ध गराउन निर्देशन दिएको छ। ब्रोकरहरुले लगानीकर्तालाई अनलाइन ट्रेडिङ सिस्टम(नट्स)को लगइन आईडी र पासवर्ड सहज रुपमा उपलब्ध नगराएकोप्रति नेप्सेले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ  ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले कुनै पनि ब्रोकरले सहज रुपमा आईडी पासवर्ड नदिए उजुरी गर्न समेत लगानीकर्ताहरुलाई आग्रह गरेको छ। ब्रोकरसंग गरिनु पर्ने तोकिएको सम्झौता पुरा गरी आइडी पासवर्ड लिन नेप्सेले आग्रह गरेको छ । साथै नेप्सेले आइडी र पासवर्ड लिंदा कुनै शुल्क नलाग्ने  समेत स्पष्ट पारेको छ  । नेप्सेका अनुसार हालसम्म ३५ सय ५७ जना लगानीकर्ताले अनलाइन युजर नेम र पासवर्ड लिएका छन्   

 यस्तो छ नेप्सेले उजुरी गर्नको लागि दिएको सम्पर्क नम्बर : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved