सनराइज बैंकको ऋणपत्र भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 08:46:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले चैत्र २० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । ऋणपत्रमा आवेदन दिनको लागि छिटोको मिति आज चैत्र २५ गतेसम्म तोकिएकोमा यस अवधिमा पूर्ण आवेदन नपरेपछि म्याद थप गरिएको हो । अब ऋणपत्रमा बैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ । यदि सो अवधि अगावै ऋणपत्रमा पर्याप्त आवेदन परेको खण्डमा पुर्व सूचना दिई बिक्रि बन्द गरिने बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

बैंकले १ अर्ब रुपियाँ बराबरको प्रति कित्ता १ हजार अंकित  १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १० लाख कित्ता मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता  सर्वसाधारणका लागि छुट्याइएको छ । यहि ४ लाखको ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ ।

५ बर्ष अवधिको यस ऋणपत्रलाई  ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ नाम दिइएको छ । अर्थात् लगानीकर्ताले यसमा १० प्रतिशत ब्याज पाउने छन् । ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आवेदन दिंदा २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि दिन सकिने छ । 

कम्पनीको यस ऋणपत्रले CARE NP A को रेटिंग पाएको छ, जसले न्यून कर्जा जोखिम रहेको जनाउछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved